खप्तड गोल्ड कपः एपिएफ फाइनलमा

 1080 पटक हेरिएको

धनगढी, ३० पुस । आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रङ्गशालमा आज भएको सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिम–११ लाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल पक्का गरेको हो ।


एपिएफका लागि अन्जन विष्ट र नवीन लामाले गोल गरेका थिए । लामा आजको खेलका ‘म्यान आफ दि म्याच’ घोषित भए । सोमबार हुने फाइनल खेलमा एपिएफ त्रिभुवन आर्मीसँग भिड्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार