काठमाडौँ, ३० पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रले चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्री सहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
राष्ट्रियसभाको सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि भन्दै एमाले र माओवादी केन्द्रले ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

458 पटक हेरिएको 

