दोस्राे अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेटको उपाधी बिराटनगरलाइ

सुनसरी– इटहरीमा सम्पन्न दोस्राे अण्डर १९ राष्टिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी बिराटनगरले जितेको छ । आज मंगलबार सम्पन्न फाइनल खेलमा धनगढीलाइ ३ रनले पराजित गर्दै बिराटनगरले उपाधीसंगै नगद १ लाख पुरस्कार हात पारेको छ ।

उपबिजेता धनगढीले ५० हजारमा चिक्त बुझाएको छ । इटहरी स्थित नेपाल डिभिएम स्कूलको पीचमा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउदै १ सय १२ रन बनाएको थियो ।

बिराटनगरका लागी मिनस थापालृ सर्वाधिक २४ रन बनाउदा मुकेश यादवले १८ र अमित यादवले १० रनको योगदान दिए । बलिङ तर्फ धनगढीका सागर भण्डारीले ३ तथा नारायण जोशीले २ विकेट लिए । १ सय १३ रनको बिजय लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको धनगढी निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १ सय १० रनमा समेटियो ।

धनगढीका लागी नारायण जोशीले सर्वाधिक २७ रन बनाउदा अजय बिष्टले २० तथा लोकेश बमले १७ रन जोडे पनि त्यो जितका लागी पर्याप्त हुन सकेन । बलिङ तर्फ बिराटनगरका म्यान अफ द फाइनल मुकुन्द यादवले ३ दिपेश कंडेल र मिनश थापाले २ विकेट लिए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बिराटनगरका मिनश थापा घोषित भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार