काठमाडाै, ३ माघ । प्रदेशहरुको अस्थायी राजधानी तोक्ने विषयमा सहमति नभएपछि मन्त्रिपरिषद बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्न आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि बैठक दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको हो ।

बैठकमा अस्थायी मुकाम र प्रदेश प्रमुखका विषयमा छलफल भएको र थप छलफल आवश्यक रहेको भन्दै मन्त्रिपरिषद् स्थगित गरिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । मन्त्री बस्नेतका अनुसार दिउँसो बस्ने मनित्रपरिषद्ले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्नेछ ।
प्रदेश २, ४ र ६ को मुकाम तोक्ने विषयमा करिब करिब सहमति भएपनि १, ३, ५ र ७ नम्बर प्रदेशको राजधानीका विषयमा सहमति नहुँदा मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।

1990 पटक हेरिएको 

