काठमाडौ, ३ माघ । निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेको छ । सरकारले प्रदेशसभाको अस्थायी राजधानी र प्रमुख तोकेलगत्तै बसेको बैठकले समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेको हो ।

आयोगले प्रदेशसभा चुनावका लागि तोकिएको १ दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाउने १३ वटा दलका विजयी उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । आयोगका अनुसार प्रदेशसभा समानुपातिकमा नेकपा एमालेले ७५, नेपाली काँग्रेसले ७२ सिट प्राप्त गरेका छन् ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुख तोकेको ७ दिनभित्र निर्वाचन आयोगले प्रमुखलाई प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम बुझाउनुपर्ने व्यवस्था छ ।

452 पटक हेरिएको 

