सपथ ग्रहण समाराेहमा दिपक मनाङे गएनन्

 280 पटक हेरिएको

काठमाडौं । मनाङबाट प्रदेशसभामा निर्वाचित दीपक मनाङे भनेर चिनिने राजिव गुरुङ आइतबार भएको शपथ ग्रहणमा उपस्थित भएनन् ।

पोखरामा भएको ४ नम्बर प्रदेशका सांसदको शपथ ग्रहण भएकोमा मनाङे उपस्थित नभएका हुन् ।

 


अरु सांसदलाई जस्तै मनाङेलाई पनि जिल्ला प्रशासन कार्यालय कास्कीले शपथ समारोहमा भाग लिन पत्र पठाएको थियो । तर उनी सपथ ग्रहण समारोहमा उपस्थित भएनन् ।

मनाङेसहितका पाँचजनाविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको र प्रहरीले पक्राउ पूर्जी जारी गरेर उनलाई खोजीरहेको छ । शपथ ग्रहणमा जाँदा समारोहबाटैप्रहरीले पक्राउ गर्न सक्ने भएकाले उनी सपथ ग्रहण गर्न समेत नगएका हुन् ।

नैतिक पतन भएका फौजदारी मुद्दामा दोषी ठहर भएका व्यक्तिले सांसद बन्न नपाउने नेपालको संविधानमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार