
राजा चार्ल्स तृतीयले यूकेका नयाँ प्रधानमन्त्रीलाई शपथ गराइरहँदा सामाजिक सञ्जालमा मानिसहरूले यी दुई जनाको जोडी कति धेरै धनी होला भन्दै प्रतिक्रिया जनाइरहेका थिए।
सुनकले आफ्नो कुल सम्पत्तिबारे खुलाएका छैनन्।
सण्डे टाइम्सले प्रकाशन गर्ने धनी व्यक्तिहरूको सूची अनुसार पूर्व ब्याङ्कर सुनक र भारतीय प्रविधि कम्पनीको उत्तराधिकारी उनकी श्रीमती अक्षता मूर्ति करिब ८३ करोड अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक हुन्।
जबकि आफ्नी आमाको अधिकांश सम्पत्तिको उत्तराधिकारी रहेका नयाँ राजामा आउनेछ।
दिवंगत हुनुअघि महारानी एलिजाबेथ द्वितीया लगभग ४२ करोड अमेरिकी डलरको मालिक रहेको सण्डे टाइम्सको उक्त सूचीमा जनाइएको छ।

245 पटक हेरिएको 

