काठमाडौं, ११ माघ । सरकारका पछिल्ला निर्णयबारे एमालेले औपचारिक धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

पार्टी मुखयालय धुम्बाराहीमा दिउँसो ४ पत्रकार सम्मेलन आयोजना गर्दै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको हो । सरकारले पछिल्लो समय गरेका नियुक्तिलगायतका विषयमा पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले धारणा राख्न पत्रकार सम्मेलनकाे अायाेजना गरिएकाे हाे ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार चुनावपछि कामचलाउ भइसके भन्दै सरकारले महत्वपूर्ण नियुक्ति लगायतका दीर्घकालीन असर पर्ने निर्णय गर्न नहुने एमालेले बताउँदै आएको छ।
सरकारले हिजो भूकम्पपीडितलाई थप एक लाख रुपैयाँ अनुदान दिने र वृद्धभत्ता ६५ वर्षमै उपलव्ध गराउने निर्णय गरेको थियो।

470 पटक हेरिएको 

