माओवादी मधेस प्रदेश कमिटी सदस्य यादवलाई पार्टीबाट निष्कासन

 

नेकपा माओवादी केन्द्रले मधेस प्रदेश कमिटी सदस्य शिव पुजन यादवलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

 

माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्ज गणेश साहले बिहीबार विज्ञप्ति जारी गर्दै यादवलाई पार्टीको सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएका हुन् ।

 

यादवले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका उम्मेदवारको चुनावी प्रचारमा गएको र पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएकाले

पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार