पेरुमा प्रहरीलाई ज्युँदै जलाइयो

पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् । एक जना सहकर्मीका साथ गस्तीमा रहेका २९ वर्षीय जोसे लुइस सोनको क्विस्पेलाई सोमबार राति बोलिभिया र ट...

प्रवेशाज्ञा बन्द गरेकामा जापानद्वारा चीनको आलोचना

  चीनले आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानले त्यसको विरोध गरेको छ । जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गर्ने चीनको कदमको आलोचना गर्दै टोकियोले बुधबार उक्त कदमको विरोध गरेको हो । साथै उसले उक्त निर्णय फिर्ता लिन बेइजिङसँग माग गरेको छ । चीनमा कोरोनाका बिरामी बढेकाले त्यहाँबाट आफ्नो भूमिमा प्र...

पाकिस्तानी प्रधानमन्त्रीद्धारा चीनको प्रशंसा

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले पाकिस्तानलाई चीनले आर्थिक सहयोग दिएकामा प्रशंसा गर्नुभएको छ ।पाकिस्तानमा गत वर्ष गएको बाढी पहिरोका कारण क्षति भएको र त्यस क्रममा चीनले पाकिस्तानलाई सहयोग उपलब्ध गराएको थियो । चीनले पाकिस्तानलाई उपलब्ध गराएको खाद्यान्न हस्तान्तरणका लागि इस्लामावादमा आयोजना गरिएको एक कार्...

छ वर्षीय बालकले गुरुमालाई गोली हानेपछि

अमेरिकाको भर्जिनियामा राज्यमा एक जना छ वर्षीय बालकले आफ्ना गुरुलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा एक छ वर्षीय बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ । न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी...

म्यान्माको सैनिक सरकारले सात हजार बन्दीलाई आममाफीको घोषणा

म्यान्माको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातान्त्रीक नेत्री आङ सान सुचीको जेल सजायलाई ३३ वर्षमा पु¥याएको केही दिनपछि यस्तो घोषणा भएको हो । सेनाले सत्ता कब्जा गरेको करिब दुई वर्षपछि दक्षिणपूर्वी एसियाली यो देशमा सरकारी सेना र विद्रोहीबीच द्वन्द...

ट्विटरको सिइओबाट राजीनामा दिने एलन मस्कको घोषणा

सामाजिक सञ्जाल ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले पदबाट राजीनामा दिने भएका छन्।   बुधबार बिहान ट्विट गर्दै आफू छिट्टै सिइओको पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । मस्कले राजीनामा दिने घोषणा गर्नुअघि ट्वटिरको सिइओबाट अलग हुँदा ठीक कि नहुँदा ठीक भनेर भोटिङ पोल राखेका थिए।   ...

गुजरातमा भाजपाको १५२ स्थानमा अग्रता, हिमाचलमा भाजपा र काङ्ग्रेसबीच कडा प्रतिस्पर्धा

भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात बिधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ । भाजपाको यस पहिले सन् २००२ मा १२७ सीटको आफ्नै रेकर्ड तोड्ने देखिएको छ । भाजपाले गुजरातमा सन् १९८५ मा माधव सिंह सोलङ्कीको नेतृत्वमा भारतीय राष्ट्रिय काङ्ग्रेस (काङ्गे्रस–आई) सरका...

युक्रेनी र रूसी युद्धबन्दीसँग आइसीआरसीको भेट

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले विगत दुई हप्तामा युक्रेनी र रूसी युद्धबन्दीसँग भेट गरेको छ भने उनीहरूलाई सहयोग सामग्री र पारिवारिक सूचना उपलब्ध गराइएको छ । “आईसीआरसीले गत हप्ता दुई दिन युक्रेनी युद्धबन्दीलाई भेटेको थियो भने यो हप्ता पनि भेटलाई जारी राखेको छ । सोही अवधिमा रूसी युद्धबन्दीसँग पनि भेट गरिएको थियो र यस...

टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२,८६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ । फिर्ता गरिने सवारी साधनमा गत १२ जनवरी २०१९ र २२ नोभेम्बर २०१९ बीच उत्पादन भएका २,७३६ आयातित सवारी साधनहरू र अक्टोबरको बीचमा चीनमा उत्पादन भएका १०,१२७ समावेश छन्। फिर्ता लिइएका सवारी...

चीनमा आगलागीमा परी ३६ को मृत्यु

चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ । यससम्बन्धी पूर्ण विवरण आएको छैन ।   आगलागीबाट कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ भने अरु दुई जना घाइते भएका छन् ...