कालीकोटमा माओवादी केन्द्र र एमालेबीच प्रतिस्पर्धा हुने

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालीकोटमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन दल र नेकपा (एमाले)का उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाही र एमालेबाट नगेन्द्र शाही(नेशनल) उम्मेदवार हुनुहुन्छ । कर्णाली प्रदेशका प...

मार्सीधानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरु विकल्प नभएको किसान दीपक खत्रीले बताउनुभयो । धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लग...

‘दलहरूका प्रतिबद्धता कागजमा मात्रै सीमित नहुन्’

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सबै दलहरूले आ–आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । निर्वाचनका बेला घोषणापत्रमा महत्वाकाङ्क्षी विषयले स्थान पाए पनि निर्वाचित भइसकेपछि ती प्रतिबद्धता कार्यान्वयन हुनेमा सर्वसाधारण सशङ्कीत छन् ।   रेडियोबाट दलहरूका चुनावी प्रतिबद्धता...

माझी बस्ती : जहाँ भोट माग्न मात्रै पुग्छन् उम्मेदवार

जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन् । बिहान–बेलुकाको छाक टार्न मुस्किल परिरहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आश देखाइरहेका ...

हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।   आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने ...

सयपत्री बिक्री गरेरै आठ लाख आम्दानी

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमामात्रै रु आठ लाख बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ । गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला बिक्रीबाट गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन् । तिहारलाई लक्षित गरी उत्पादन...

फिलिपिन्स आँधीः एक सय पचास जनाको मृत्यु

फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या एक सय ५० पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ३६ जना बेपत्ता भएका छन् । आँधीले ३९ लाख सर्वसाधारण नराम्ररी प्रभावित भएका छन् भने चार सय ९९ सडकमा क्षति भएको छ । त्यसैगरी एक सय २० वटा पुल आंशिक वा पूर्ण र...

सप्तरी २ को प्रदेशसभा २ मा त्रिपक्षीय प्रतिस्पर्धा

सप्तरीको निर्वाचन क्षेत्र २ को प्रदेशसभा २ मा पूर्वमन्त्रीसहित त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनबाट पूर्वमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का नेता उमेश यादव र जसपा–एमाले गठबन्धनबाट जसपा नेता लक्ष्मण यादव तथा जनमत पार्टीबाट पूर्व माओवादी नेता महेश यादवबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ । ...

बाँकेमा जेलबाट दुई बन्दीले भोट हाल्दै

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–७ का २९ वर्षीय आदित्य श्रेष्ठ र वडा नं १६ का ४८ वर्षीय मोहम्मद तयदअलि जोलाहाले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकारको प्रयोग गर्ने जिल...

स्वास्थ्यचौकी नहुँदा सिटामोल पनि नपाइएको गुनासोे

म्याङलुङ, १७ कात्तिक (रासस)ः कृषि र पशुपालनबाट आफ्नो जीविकोपार्जन गदै आएका तेह्रथुम लालिगुराँस नगरपालिका–८ मेघाका अधिकांश मतदाता हरेक चुनावमा आफ्नो गाउँको मुहार फेरिने आसामा छन् । गाउँमा गुणस्तरीय सडक, विद्यालय, खानेपानी र स्वास्थ्य चौकीको व्यवस्था नहुँदा जीवन कष्टकर रुपमा बिताउनु परेको उनीहरुको गुनासो छ । अहिले देशम...