पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ ल्याउँदै

पर्यटन प्रवद्र्धनका लागि तीन प्रदेशका पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ सञ्चालनमा ल्याउन थालेका छन् । नाट्टा बाँके च्याप्टरले नाट्टा केन्द्र र दिगो पर्यटनका लागि जीविकोेपार्जन पुनःरुत्थान परियोजनासँगको सहकार्यमा सुरु भएको चार दिने ‘टुर प्रोडक्ट डेभलपमेन्ट र टिकेटिङ’ तालिम आयोजना गरेर सो घोषणा गरेका हुन् । नाट्टा...

उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो

आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगिरहेका छन् । बागलुङका किसानलाई भने धान बाली भित्र्याउने चटारो छ । वर्षा भयो भने धान नोक्सान हुने दिने डरले उनीहरु आका...

धानमा लागेन दाना, किसान चिन्तित

पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो । स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताउनुभयो । विगत दुई तीन वर्षदेखि यही जातको धान लगाउँदै आए...

तारकेश्वरमा २२ करोड खर्च

काठमाडौँको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा रु २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्यलगायतमा उक्त रकम खर्च गरेको हो । प्रशासनिक खर्च रु १३ करोड ६७ लाख ७६ हजार र पुँजीगत खर्च रु आठ करोड ४९ लाख रहेको छ । नगरपालिका...

कैलालीमा पनि देखियो अफ्रिकन स्वाइन फिभर

बङ्गुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोग कैलाली जिल्लामा पनि देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा नरेशप्रसाद जोशीले भजनी नगरपालिका–३ को बडिमालिका कृषि प्रवद्र्धन केन्द्र प्रालिको फार्ममा पालिएको बङ्गुर मरेपछि गरिएको परीक्षणबाट अफ्रिकन स्वाइन फिभर...

स्वर्णपदक विजेता धावक बुढालाई जुम्लामा सम्मान

कीर्तिमानी कर्णालीका स्वर्ण पदकधारी धावक दुर्गबहादुर बुढालाई जुम्लामा स्वागत तथा सम्मान गरिएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगञ्ज हुँदै गृहजिल्ला जुम्ला पुगेका बुढालाई खादा र अबिर लगाएर स्वागत तथा सम्मान गरिएको छ । बुढालाई स्वागत गर्न जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्यसचिव सङ्गीता आचार्यसहि...

चुनावी घोषणापत्र: २० लाख नयाँ रोजगारी, वार्षिक ३ लाख आय र विदेशमा बस्नेलाई मताधिकार

तस्बिर स्रोत,RSS अबको १८ दिनपछि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरूले मतदातासामु गरिने वाचामा प्रतिस्पर्धा गरेका छन्। आगामी पाँच वर्ष ५ देखि २० लाखसम्म रोजगारी सिर्जना गर्ने प्रमुख दलहरूको वाचा छ। नेपाली कांग्रेसले पाँच वर्षमा १२ लाख ५० हजार, एमालेले ५ लाख र माओवादीले २० लाख रोजगारी सिर्जना गर्न...

हामी जनतालाई विकास दिन्छौँ ः पूर्वमन्त्री गुरुङ

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले मङ्सिर ४ गते हुने निर्वाचनबाट एमालेको बहुमत आउने दाबी गर्नुभएको छ । तनहुँको दुलेगौँडामा आज आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री गुरुङले जनताको आकर्षण एमालेप्रति बढेकाले एमालेले बहुमत ल्याउने र त्यसपछि जनतालाई विकास दिने बताउनुभयो । निर्वाचनपछि नेकपा ...

कर्णाली करिडोर सडकको पहिरो पन्छाउन सुरु

कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गएको पहिरो पन्छाउने काम सुरु भएको छ । गत असोज १९ गते आएको वर्षाका कारणले करिब २५ दिनदेखि अवरुद्ध कर्णाली करिडोरको पहिरो आजदेखि पन्छ्याउन थालिएको हो । भिरालो जमिन भएका कारणले माथिबाट निरन्तर सुख्खा पहिरो खस्दा पहिरो पन्छ्याउन समस्या भएको थियो । अ...

दाङमा चुनावी कार्यक्रममा व्यस्त उम्मेदवार

देउखुरी, १६ कात्तिक (रासस) ः आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार अहिले घरदैलो र चुनावी कार्यक्रममा व्यस्त भएका छन् ।   प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नं १ बाट गठबन्धनकातर्फबाट नेकपा ( एकीकृत समाजवादी) का नेता सहरी विकासमन्त्री म...