वैकल्पिक मार्ग सञ्चालनमा

दसैँ सकेर फर्कनेका लागि विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि पहिराको उच्च जोखिम मोल्दै गन्तव्यमा पुग्नुपर्ने अवस्था अहिले पनि कायमै छ । कर्णाली राजमार्गअन्तर्गत दरबारे भिरमा सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध छ । अहिले दैलेख सदरमुकाम बजार हुँदै मध्यपहाडी सडकमार्फत कर्णाली प्रदेशको राजधानी सुर्खेत झर्नुपर्ने बाध्यत...

नेपालगञ्ज विमानस्थल ः ‘सुरक्षाकर्मीले हातले छामेर र हेरेर सामान पठाउँछन्’

नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६० उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा करिब २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर यति व्यस्त रहने विमानस्थलको एक्स–रे मेसिन भने अझै सञ्चालनमा आएको छैन । सामान चेकजाँच गर्न एक्स–रे मेसिन स्थापना तथा जडान गर्न छुट्टै सेड बनाएर राख्नुपर्ने भए पनि त्यसको अहिलेसम्म ...

हिउँमा पुरिएर ४५ खच्चड मरे

म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन् । विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौजनाको उद्धार भएको छ...

इराकी राष्ट्रपतिको निर्वाचन बिहीबार

इराकका राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ । इराकी संसदले बिहीबार उहाँको निर्वाचन गर्ने भएको हो ।इराकी सभामुखले सो कुरा इराकको संसदलाई मङ्गलबार जानकारी दिनुभएको हो । उहाँले इराकी संसदको मङ्गलबारको बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभएको थियो । इराकी संसदका सभामुख मोहमद अ...

दक्षिण कोरियामा अहिले पनि दैनिक तीस हजार भन्दा बढी कोरोना सङ्क्रमित

दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिने गरेका अधिकारीहरुले जनाएका छन् । यहाँ मङ्गलबार मध्यरातिको तथ्याङ्कअनुसार ३० हजार पाँच सय ३५ जनामा सङ्क्रमण देखिएको हो । अघिल्लो २४ घन्टामा यहाँ त्यो सङ्ख्यामा सङ्क्रमित देखिएका यहाँका स्वास्थ्य अधिकारीहरुले समाचारमा जनाएका छन् ।यह...

धादिङमा सिटामोल अभाव

डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव भएको छ । सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ । अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन् ।   डेङ्गुका बिरामीलाई सिटामोल अत्यावश्यक पर्ने भएकाले बिरामी बढेको बेला भएको अभ...

खेलाडीद्वयलाई नगदसहित सम्मान

इनरुवा, २६ असोज प्रदेश नं १ कै उत्कृष्ट कबड्डी खेलाडी बन्न सफल भएकी जानकी उराव र गङगा सरदारलाई सम्मान गरिएको छ । कोसी गाउँपालिकाको कार्यालयले मङ्गलबार कोसी–३ स्थित राष्ट्रिय मावि शोभनपुरमा कार्यक्रमको अयोजना गरेर खेलाडी उरावलाई गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले सम्मानपत्र र नगद रु ११ हजार प्रदान गर्नुभयो । त...

फेवातालको जलकुम्भी झार सफाइमा जुटे पोखरेली

पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो । सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य ...

आजदेखि मौमस क्रमिकरूपमा सुधार

नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हँुदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिनुभयो । उहाँले अबको दुई दिन...

मनाङबाट ८२ पर्यटकको हवाई उद्धार

हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो । जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उ...