वीर अस्पताल अगाडिका अस्थायी टहरा हटाइयो

काठमाडौँ महानगरपालिकाले वीर अस्पताल अगाडि निर्माण गरेका अस्थायी टहरा हटाएको छ । महानगरपालिकाको नगर प्रहरीले आज वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसेर बनाइएका टहरा हटाएको हो । उक्त टहरामा औषधि पसल सञ्चालनमा रहेका थिए । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नक्साविपरीत बनाइएका अवैध संरचना तथा टहरा हटाइए...

मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाका मृत्यु भएको थियो । ६।९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प ...

चुरे फेदीको गाउँमा छ दिनदेखि विद्युत् अवरुद्ध

चुरे फेदीको शुक्लाफाँटा नगरपालिका– ८ मा रहेको पिल्लरीफाँटा गाउँमा छ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले ठाउँठाउँका पोल ढालेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । सेवा सञ्चालन गराउनका लागि कार्य अगाडि बढाइएको छैन । बाढीका कारण ३० भन्दा बढी विद्युत्का पोल ढलेका र टुटेका छन् । विद्युत् स...

चाडपर्व नजिकिएसँगै स्वदेश फर्किने क्रम बढ्दो

बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपालीको स्वदेश फर्कने क्रम बढ्दो छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारिका लागि भारतका विभिन्न सहर पसेका चाडपर्व नजिकिएसँगै स्वदेश भित्रिने क्रम बढेको सिमास्थित सशस्त्र प्रहरी पोष्ट भन्सारले जनाएको छ । सशस्त्र प्रहरी पोष्टका अनुसार भा...

इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच दुर्लभ भेटवार्ता

इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच मङ्गलबार भेटवार्ता भएको छ ।दुई देशका ती नेताहरुबीच सन् २००८ पछि पहिलो पटक भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा सहभागी हुन न्युयोर्क गएको बेला उहाँहरुका बीचमा भेटवार्ता भएको हो ।   जा...

सिफारिसबिना बेच्न नपाइने औषधि आफूखुसी बेच्दै

कञ्चनपुर, ६ असोज (रासस)ः चिकित्सकको सिफारिसमा मात्रै बेच्न पाइने औषधि शुक्लाफाँटा नगरपालिका क्षेत्रमाका मेडिकल सञ्चालकले आफूखुसी बेच्दै आएका छन् ।चाडपर्वलाई लक्ष्य गरी नगरपालिकाले आजदेखि बजार अनुगमन गर्दा कलुवापुर बजारका चारवटा मेडिकलमा चिकित्सकको सिफारिसबिना त्यस्ता औषधि बेच्ने गरेको पाइएको हो ।   चिकित्स...

मनाङको शैक्षिक अवस्था : शिक्षक छन्, विद्यार्थी छैनन्

हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन् ।   शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा म...

बन्द भए लघुजलविद्युत् आयोजना

कुनै बेला सिन्धुपाल्चोकको हिमाली बस्तीका लागि वरदान साबित भएका लघुजलविद्युत् आयोजना बन्द भएका छन् । राष्ट्रिय प्रसारण लाइन पुगेपछि रु २५ लाखको लागतमा निर्माण गरिएको इन्द्रावती गाउँपालिका–३ कुञ्चोकमा रहेको २० किलोवाट क्षमताको झ्याँडीखोला लघुजलविद्युत् आयोजना उपभोक्ताले १० वर्षदेखि बन्द गराएका छन् । आयोजनाको तार पोल स्...

अवैध रुपमा ल्याउँदै गरेको सुनसहित तीनजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । विमानस्थलका अनुसार पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ घर भएका १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका–७ घर भएका २५ वर्ष...

‘प्रेमगीत ३’ विश्वका १२ सय पर्दामा रिलिज

काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करण विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज हुने भएको छ । नेपालमा भने फिल्म डेढ सय पर्दाबाट प्रदर्शन गर्ने तयारी छ ।   बलिउड हंगामा डटकमका अनुसार भारतमा मात्र ५०० पर्दाबाट फिल्म रिलिज हुनेछ । भारतमा मात्र डेढ करोड भारुको ओपनिङ हुने उक्त न्युजपोर्टलले जनाएको छ । यूएई, ...