रामेछाप बस दुर्घटनाबाट अध्यक्ष दाहाल मर्माहत

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ । आज एक वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले उक्त दुर्घटनामा परी ज्यान गुमाउनुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर...

सीको शासनमा धेरै चिनियाँ नागरिक विदेशमा शरण खोज्दै

बेइजिङ, २१ असार (एएनआई÷रासस) ः राष्ट्रपति सी चिनफिङ सत्तामा आएपछि विदेशमा शरण खोज्ने आफ्ना नागरिकको सङ्ख्यामा वृद्धि भएको चीनले बताएको छ । शक्तिको व्यवस्थित दुरूपयोगले जनताको मनमा असहजता पैदा गरेको र त्यसले धेरैलाई विदेशमा शरण खोज्न प्रेरित गरेको हङकङ पोष्टले जनाएको छ । राष्ट्रपति सीले आफ्नो शक्तिलाई सुदृढ गर्दै थप...

नवनियुक्त मन्त्रीलाई सम्मान

नेकपा (एकीकृत समाजवादी) निकट दाङ–काठमाडौँ सम्पर्क मञ्चले नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई सम्मान गरेको छ । सहरी विकासमन्त्री चौधरीले देश र जनताको हितमा सकेजति काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सीमित स्रोतसाधनको उचित प्रयोग गरी छोटो समयमा धरै कार्य गर...

अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार

जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ । भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय नाबालक छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो । अपहरणमा संलग्न आरोपमा एक...

मन्त्री कुँवरद्वारा कोरियन भाषा परीक्षा केन्द्रको अनुगमन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमका बारेमा जानकारी लिनुभएको थियो । रोजगारीका लागि कोरिया जाने कामदारको परीक्षा...

श्रीलङ्का-आईएमएफ वार्ता जारी : प्रधानमन्त्री रनिल विक्रमासिङ्घे

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले मङ्गलबार देशले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्तामा भाग लिइरहेको बताउनुभएको छ। आर्थिक पुनरुत्थान योजनाका सम्बन्धमा आज संसद्मा सम्बोधन गर्नेक्रममा सङ्कटग्रस्त देशका प्रधानमन्त्रीले आइएमएफसँग वार्ताको चरण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । "हाम्रो देशले यसअघ...

काठमाडौँमा थप दुई जनामा हैजा

काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो । योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । उ...

जुम्लामा किसानलाई आधुनिक प्रविधि वितरण

जुम्ला कृषि विकास कार्यालयले किसानलाई आधुनिक प्रविधिका कृषि यन्त्र वितरण गरेको छ । खेतीमा प्रविधि र यान्त्रिकरण गर्दै उत्पादन वृद्धि गर्न कृषि उपकरण वितरण गरिएको कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो । कार्यालयले चालु आर्थिक वर्षमा जिल्लाका आठवटै स्थानीय तहका व्यावसायिक किसानलाई जोत्नेदेखि तेल पेल्ने, पिस्ने...

भानुभक्तको जन्म जयन्तीमा राष्ट्रिय कविता प्रतियोगिता हुने

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई सय नवौँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुभक्तको जन्मजयन्तीका अवसरमा आयोजना गर्न लागेको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप...

हात्तीसार हौदा सङ्ग्रालयमा पर्यटक बढे

मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा रहेको हात्तीसार सङ्ग्रहालयको संरक्षण र व्यवस्थापनपछि आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । बागमती प्रदेश सरकारसँगको सहकार्यमा गाउँपालिकाले सङ्ग्रहालयको वरिपरी विभिन्न प्रकारका बोटबिरुवा तथा फूलहरु रोपेर आकर्षक उद्यान, पदमार्गलगायत संरचना निर्माण गर्नुका साथै सङ्ग्रहालयभित्र भएक...