गल्ती सुधारे धान निर्यात गर्ने अवस्थामा पुगिन्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले १९ औँ धान दिवसका अवसरमा आज भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा उहाँले अहिले हामी आफैँले गर्दै आएको लापर्बाही, असावधानीको अन्त्य गर्दै क...

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यसम्पादन करार निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । ...

काठमाडौँमा १४ जनामा हैजा देखियो

  काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उहाँहरू उपचारपश्चात् घरफर्कनु भएको जानकारी दिनुभयो । हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथ...

वर्षाले घर डुबानको जोखिममा

मङ्गलबार राति परेको अविरल वर्षाको कारण कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका केही वडा डुबानमा परेका छन् । भजनी नगरपालिका–३, ४, ५, ७ र ८ का केही स्थानमा डुबान भएको छ । त्यस्तै जोशीपुर गाउँपालिका–३ मा पनि दर्जनौँ घर डुबानमा परेका छन् । कान्द्रा नदीको बाढीले सतह पार गरेको छ भने काढा नदी फुट्दा स्थानीयवासीक...

सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग

  यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले आफूहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश र सुनौलो बिहानी समाजद्वारा आयोजित कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा सहभागी यौनिक तथा अल्पसङ्ख्यकले एकल महिला सरह आफूह...

बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् । एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी ...

मनोहरा नदी कटानले बस्ती जोखिममा परेपछि छलफल गर्दै नगर प्रमुख

चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेसीँमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेपछि स्थलगत अवलोकन गरि छलफल गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीलगायत । RSS...

काढा नदी फुटेपछि गाउँ डुबानमा

कैलालीको भजनी नगरपालिका –८, कृष्णनगरस्थित काढा नदी फुटेर डुबानमा परेको गाँउ । आउसे दमाइको घर नजिकै नदी फुटेकाले यहाँका दर्जनौँ घर डुबानमा परेका छन् । RSS...

बाढी र डुबानका कारण विद्यालय बन्द

लगातारको वर्षासँगै आएको बाढी तथा डुबानका कारणले इनरुवा तथा देवानगञ्ज गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएको छ । दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारणले सुनसरी सदरमुकाम इनरुवाका विभिन्न वडा क्षेत्र डुबानमा परेको र बालबालिकालाई विद्यालय जानका लागि समस्या हुने भएकाले विद्यालय बन्द गरिएको इनरुवा नगरपालिकाका...

मनोहरा खोलाको कटानले बस्ती जोखिममा

चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् । हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रुपमा समस्या समाधान प्रयास नहुँदा हरेक वर्ष बस्ती जोखिममा पर्दै आएका छन् । लामो समय बालुवा तस्करीले खोलाको बालुवा झिकेर बिक्...