मुस्ताङमा कांग्रेसका योगेश विजयी

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । निवर्तमान सांसद नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले तीन हजार नौ सय ९२...

कास्की क्षेत्र नं २ मा मतगणना सुरु

कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा आज बिहान २ बजेदेखि मतगणना सुरु गरिएको हो । प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा गठबन्धनकातर्फबाट श्रीनाथ बराल, नेकपा (एमाले)का विद्या भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेललगायतको उम्मेदवारी छ । क्षेत्र नं २ (१) मा गठबन्धनका तर्फ...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गर्नुभएको छ । बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । सो अवसरमा उहाँले सञ्चारकर्मीसंग कुराकानी गर्दै गठबन्धनले निर्वाचनमा विजय प्रा...

चितवनमा तीन स्थानमा मतगणना गरिने

चितवनमा तीन स्थानबाट मतगणना गरिने भएको छ । तीन निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको तयारी गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भरतपुरमा निर्वाचन क्षेत्र नं २ को गणनाका लागि चितवन उद्योग सङ्घको हलमा गणनास्थल तयार गरिएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले मतगणनास्थलमा १०...

‘अशक्त मतदातालाई पहिलो प्राथमिकता’

देशभर एकै चरणमा आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अशक्त मतदातालाई पहिलो प्राथमिकतामा राखिएको छ । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक एवं अन्य फरक क्षमता भएका व्यक्तिलाई मतदानका लागि प्राथमिकताका साथ सहजीकरण गरिएको निर्वाचन आयोगले जनाएको छ । काठमाडौँ क्षेत्र नं ६ का बालविद्यापीठ मतदान केन्द्रक...

सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन आग्रह

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सबै राजनीतिक दलहरू सहभागी हुन अनुरोध गर्नुभएको छ । निर्वाचन तयारी सम्बन्धमा नेपाल पत्रकार महासङ्घ मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले निर्वाचनले नै देशको भविष्य निर्माण गर्ने भएकाले आफ्ना मत प्रतिनिधि छान्न निर्वाच...

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कस्ता सेवासुविधा पाउँछन् ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ । देशभरका २२ हजार दुई सय २७ मतदान केन्द्र, एक सय ४१ अस्थायी मतदान केन्द्र र १० हजार आठ सय ९२ मतदानस्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलगायत खटाइएका छन् । निर्वाचन अधिकृतको कार्यालय, मतदान केन...

गलत प्रचार गरेकामा कांग्रेस र माओवादीको आपत्ति

निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति प्रकट गरेका छन् । निर्वाचनको अन्तिम घडीमा मतदातामा अन्योल सिर्जना हुने गरी रचिएको भ्रमपूर्ण षड्यन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको कांग्रेस केन्द्रीय कार्...

बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला

बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटिएका छन् । गुलरिया नगरपालिका–८ महाकवि देवकोटा माविमा महिला मात्रै कार्यरत रहेको नमूना मतदान केन्द्रका मतदान अधिकृत रेविका अमात्यले जानकारी दिनुभयो ।   “मतदान केन्द्र र स्थलमा गरी अधिकृतसहित २४ कर्मचारी र सुरक्षाका लागि १४ महिला सुरक्षाकर्मी ...

मतदानका लागि तीन दिन छुट्याउनुपर्ने बाध्यता हट्यो

गाउँमै मतदान केन्द्र स्थापना भएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस बगर गाउँका बासिन्दालाई मतदानका लागि तीनदिन छुट्टयाउनुपर्ने बाध्यता हटेको छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा व्यवस्थित यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन लाग्ने गरेको थियो ...