उदयपुरमा चुनाव प्रचारप्रसार गाउँ केन्द्रित

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उदयपुरका अधिकांश राजनीतिक दल, तिनका कार्यकर्ता र उम्मेदवार गाउँ तथा वडा केन्द्रित चुनावी प्रचारप्रसारमा छन् । चुनावी प्रचार–प्रसारका क्रममा दलका उम्मेदवार अन्तिम समय आइपुग्दा गाउँ तथा नगरका प्रत्यक वडा–वडामा केन्द्रित भएका छन् । उदयपुरको निर्वाचन क्ष...

मतदाता रिझाउन अन्तिम प्रयास गर्दै उम्मेदवार किसानको खेतबारीमा

तेह्रथुमका विभिन्न राजनीतिक दलका उम्मेदवार भोट माग्दै गाउँगाउँमा पुग्न थालेका छन् । यतिबेला किसानलाई खेती भित्र्याउने चटारो छ । किसानलाई भेट्न उम्मेदवार खेतबारीमै पुग्ने गरेका छन् । किसानलाई चुनावी माहोलभन्दा खेतीपातीको चटारो छ । बरु उनीहरु पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन् ।   जिल्ल...

धादिङमा नौ जनाले मात्रै बुझाए हतियार

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्षित सुरक्षा समितिको आग्रहपछि धादिङका नौ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी कार्यालय र नजिकको प्रहरीचौकीमा हतियार बुझाएका हुन् । निर्वाचनलाई र भयरहित बनाउन जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन आग्रह गरेको थियो । जिल...

व्यवसायी भन्छन् : चुनावमा नेतालाई भोट दिन्छौँ, नोट दिन सक्दैनौँ

काठमाडौँ, २९ कात्तिक  : मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति आउन अब पाँच दिन मात्रै बाँकी छ । निर्वाचन आएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । निर्वाचन आयोगले उम्मेदवारले खर्च पाउने अधिकतम सीमा तोकेको छ । विगतका निर्वाचनमा राजनीतिक दल, त...

साहित्यकार र कलाकार चुनावी प्रचारमा

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा चुनावी सरगर्मी बढेको छ । चुनावी प्रचारमा साहित्यकार र कलाकारहरुको टोली भोजपुर आइपुगेको छ । योजना आयोगका पूर्वसदस्य डा शिवकुमार राई, भूपूगोर्खा सैनिक सङ्घ गेसोका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष मनिकुमार राई, वरिष्ठ कवि तथा गीतकार भू...

नुवाकोटमा आएनन् पर्यवेक्षक

मङ्सिर ४ मा हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य पदको निर्वाचनका लागि पर्यवेक्षण गर्न नुवाकोटमा हालसम्म पनि कुनै सङ्घसंस्था तथा तिनका प्रतिनिधि आएका छैनन् । यसअघिका निर्वाचनमा उम्मेदवारी दर्ता भएसँगै विभिन्न सङ्घसंस्था र तिनका प्रतिनिधिको आगमन भएकामा यो पटकको चुनावमा अहिलेसम्म कुनै पनि सङ्घसंस्था नआएको जिल्ला...

कर्णालीमा १४ हजार सुरक्षाकर्मी परिचालन

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार आठ सय सात जना सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श...

काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा

काभ्रेपलाञ्चोक, २६ कात्तिक : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ । चुनाव नकिजिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार–प्रसार बढ्दै गएको छ । यस निर्वाचन क्षेत्रमा ५ जना स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धनका उम्मेदवा...

झापा क्षेत्र नं ५ : पुरानै अनुहारबीच प्रतिस्पर्धा

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार हुनुहुन्छ । विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिक...

कञ्चनपुरमा मतदाता रिझाउँदै उम्मेदवार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारले घरदैलो अभियानलाई तीव्र पारेका छन् । निर्वाचन आउन ११ दिन मात्रै बाँकी रहेकाले दलहरुले धेरै मतदातासम्म पुग्ने प्रयास गरिरहेका छन् । नेकपा एमालेका जिल्ला सहसचिव कर्ण चन्दले जिल्लाका ९२ वटै वडामा प्रचारप्रसार तीव्र पारिएको बताउ...