गठबन्धनलाई जिताउनुहोस् हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताए पुनः मुख्यमन्त्री र मन्त्री पाउने बताउनुभएको छ । हुम्लामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनका साझा उम्मेदवार छिरिङ्ग डम्डुल लामालाई मन्त्री बनाउने विश्वास दिलाउनुभयो । प्रदेशसभा (२) का उम्मेदवार...

बागलुङको निसेलढोर : उम्मेदवार अझै भोट माग्न पुगेका छैनन्

आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन । यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा कम जानकारी छ । अहिले नेता भोट माग्दै गाउँ पुग्छन्, तबमा...

बाढीपीडित भन्दछन्– ‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’

शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा– दोदा नदीको बाढीबाट बर्सेनि प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन् । बाढी प्रभावित परिवारले वनहरा–दोदा नदी बाढीपीडित सङ्घर्ष समिति गठन गरी नदी नियन्त्रणका लागि कार्य गर्न प्रतिबद्धता जनाउन उम्मेदवारका लागि आठ...

देवघाटधाममा आज गण्डकी परिक्रमा गरिने

देवघाटधाममा गण्डकी परिक्रमा गरिने भएको छ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले आज पैदलयात्रा हिँडेर गण्डकी परिक्रमा गर्न लागिएको हो । देवघाटधाम क्षेत्रमा साधनारत सन्त महात्माको अगुवाइमा गण्डकी परिक्रमा गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले जानकारी दिनुभयो । स...

आचारसंहिता उल्लङ्घनमा गर्दा रु पाँच हजार जरिवाना

निर्वाचन आयोगले काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा रु पाँच हजार जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौँ क्षेत्र नं ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गराउने निर्णय गरेको हो । रिजालले क...

उम्मेदवार वलीलाई स्पष्टीकरण

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य दाङ क्षेत्र नं ३ का नेकपा (एमाले)का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचार–प्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणअन्तर्गत उपदफ...

जसपा घोणापत्र : सञ्चार प्रणालीको विकास गर्न ठोस नीति तय गर्ने

जनता समाजवादी पार्टी, नेपालले मुलुकको सङ्घीय ढाँचाअनुरूप राष्ट्रिय सञ्चार प्रणालीको विकास र विस्तार गर्न ठोस नीति तथा कार्यक्रम तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सो पार्टीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै सञ्चारक्षेत्रमा निजी र सामुदायिक क्षेत्रको संलग्नताला...

डोटीमा मदिरा बिक्री वितरणमा रोक

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसार र बिक्री वितरण निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । शुक्रबार ज...

सबै पालिकामा नमूना मतदान

यहाँका सबै पालिकामा नमूना मतदान भएको छ । स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका सातै पालिकामा नमूना मतदान गरिएकोे हो । भोट बदर हुने सङ्ख्या कम गर्नका लागि नमूना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन कठायतले जानकारी दिनुभयो । पालिकामा रहेका कर्मचारीको सहयोगमा सर्वसाधारणलाई सहित सहभागी बनाएर दल्ली, लिम्सा...

कालीकोटमा माओवादी केन्द्र र एमालेबीच प्रतिस्पर्धा हुने

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालीकोटमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन दल र नेकपा (एमाले)का उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाही र एमालेबाट नगेन्द्र शाही(नेशनल) उम्मेदवार हुनुहुन्छ । कर्णाली प्रदेशका प...