चार सय ४६ स्थानीय तहमा पूर्ण विद्युतीकरण

हरेक नेपालीको घरमा बिजुली पु¥याउने सरकारको योजना क्रमशः पूरा हुने चरणमा अगाडि बढेको छ । सरकारको योजनाअनुसार नै काम भएको खण्डमा आगामी दुई वर्षभित्र बाँकी रहेका सबै नेपालीको घरमासमेत स्वच्छ ऊर्जाको पहुँच पुग्नेछ । सात सय ५३ स्थानीय तहमध्ये हालसम्म कूल चार सय ७६ स्थानीय तहमा पूर्णरूपमा विद्युतीकरण भएका छन् । त्यस्तै ...

‘जनताको साथमा कांग्रेस’

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समिति हाल आमनिर्वाचन लक्षित ‘जनताको साथमा कांग्रेस’ अभियानमा व्यस्त भएको छ । जिल्लाका विभिन्न स्थानमा उक्त अभियान सञ्चालन भइरहँदा क्षेत्रीयस्तरका समितिले आगामी मङ्सिर ४ गते हुने प्रनिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गर्न थालेका छन् । काभ्रेमा दुई प्रनिनिधि...

मन्त्रिपरिषद् समावेशी बनाउन शाह र कामी मन्त्रीमा सिफारिस

मन्त्रिपरिषद्लाई समावेशी बनाउन नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले सदस्य कृष्णा शाह र रातो कामीलाई मन्त्रीमा सिफारिस गरेका छन् ।यसअघि सुर्खेत उच्च अदालतले प्रादेशिक सरकार समावेशी नभएको भन्दै समावेशी बनाउन आदेशसहित परिपत्र गरेको थियो । दलको शुक्रबार बसेको बैठकले शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त...

प्रधानमन्त्रीद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको छ । सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज एक समारोेहका बीच प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित गृहमन...

वैवाहिक अङ्गिकृत नागरिकता सम्बन्धमा भ्रम फैलाइयो ः कांग्रेस

काठमाडौँ, ११ भदौ (रासस) ः नेपाली कांग्रेसले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ मा वैवाहिक अङ्गिकृत नागरिकताको विषयमा कुनै नयाँ कुरा उल्लेख नहुँदा नहुँदै पनि भ्रम फैलाइएको जनाएको छ । कांग्रेस संसदीय दलले यस सम्बन्धमा यथार्थता स्पष्ट पार्दै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले नेपाल नागरिकता ऐन २००९ दे...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार...

जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाइयो

‘जनताको साथमा कांग्रेस’ अभियानलाई लक्षित गरी नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले प्रदेशभित्रका ११ वटै जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाएको छ । गण्डकी प्रदेश कार्यसमितिको बिहीबार सम्पन्न पदाधिकारी बैठकले प्रदेशअन्तर्गतका जिल्लामा प्रदेश समितिका पदाधिकारी र ३६ वटै प्रदेशसभा निर्वा...

उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने

काठमाडौँ, ५ भदौ (रासस) ः आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिन्ह...

नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउँछ ः गृहमन्त्री

गृृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताउनुभएको छ । कृष्ण जन्माअष्टमी पर्वको अवसरमा आज काठमाडौँमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले उक्त विधेयक प्रमाणीकरण भएपछि नागरिकता पाउन नसकेका नेपाली बाबुआम...

तनहुँ–१ बाटै चुनाव लड्छु : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । गृहजिल्ला तनहुँको दमौली आइपुग्नुभएका पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो । नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति,...