बन्द उद्योगलाई सञ्चालनमा ल्याइए औद्योगिक उत्पादन बढ्न सक्छः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन बढाउनका लगि भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द रहेका उद्योगलाई सञ्चालनमा ल्याइए मात्रै औद्योगिक उत्पादन बढ्न सक्ने बताउनुभएको छ ।धनगढी विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उहाँले यसरी सञ्चालनमा रहेका उद्योगलाई पूर्ण क्षम...

सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव

सत्ता गठबन्धनले सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको गठबन्धन बैठकले सरकारलाई निर्वाचनको घोषणा गर्न सुझाव दिएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । निर्वाचनको मितिका बारेमा बैठकमा छलफल नभ...

पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले मङ्गलबार केआइसिंह गाउँपालिकामा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँद...

सरकारी कर्मचारी र सार्वजनिक पदमा कायम रहेको व्यक्ति दलको सदस्य हुन नसक्ने

निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल...

अध्यक्ष दाहालसँग युरोपेली सङ्घका राजदूतको भेट

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहाल निवास खुमटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने विषयमा छलफल भएको थियो । सो अवसरमा राजदूत डेप्रेजले शा...

राजनीतिक दललाई सूचनाको हक कार्यान्वयन गर्न आदेश

राष्ट्रिय सूचना आयोगले विभिन्न राजनीतिक दलसहित सार्वजनिक निकायलाई सूचनाको हक कार्यान्वयन गर्न आदेश गर्ने निर्णय गरेको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै सूचनको हक कार्यान्वयन गर्न सो आदेश जारी गरेको हो । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २ (क) को बुँदा ५ मा प्रचलित कानुनबमोजिम दर्ता भएका राजनीतिक दल तथा स...

काङ्ग्रेस नेता गान्धी पक्राउ

नेशनल हेराल्ड मुद्दामा पार्टी अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण,विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले सोधपुछ गरेको विरोधमा धर्ना बसेका काङ्ग्रेस नेता राहुल गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । धर्नास्थल विजयचोकबाट पार्टीका सांसद, नेता तथा कार्य...

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्यिसभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा विधेयकमाथि भएको दफाबार छलफलको प्रतिवेदनसहित छलफलका लागि प्रस्ताव गर्नुभएपछि उक्त विधेयक सर्वसम्मतिबाट पा...

राष्ट्रपतिबाट विभिन्न मुलुकका लागि राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूतमा, मिलनराज तुलाधारलाई रूसी महासङ्घका लागि नेपालको ...

भारतकी नवनिर्वाचित राष्ट्रपतिद्वारा सपथ ग्रहण

नयाँ दिल्ली, ९ साउन (रासस÷एएनआई) - भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार सपथ लिनु भएको छ । भारतको १५औँ राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएकी ६४ बर्षिया मुर्मुलाई प्रधान न्यायाधीश एन. भी. रमनले सपथ खुवाउनु भएको हो । भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्‌मा सपथ खुवाउने व्यवस्था छ । नवनिर्वाचित...