राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी छलफलमा भाग लिँदै उहाँले ‘फण्डामेन्टल कोर्स करेक्सन’ गर्न सुझाव दिनुभयो । ...
