उपराष्ट्रपति पुनले लिए सपथ

काठमाडाैँ । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शितल निबासमा सोमबार आयोजित बिशेष समारोहकाबिच राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति पुनलाई शपथ गराउनुभएको हो । सपथ समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रि , संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख लगाएतको उपस्थीति रहेको थियो ।

उहा आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो । चैत ९ गते उपराष्ट्रपतिका लागि मतदान गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैको पनि उम्मेदवारी नपरेपछि आयोगले आइतबार पुन निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार