राष्ट्रियसभामा ३ अध्यादेश पेश

काठमाडौँ । राष्ट्रियसभामा तीन वटा अध्यादेश पेश भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७४’ पेश गरेका हुन् । उक्त अध्यादेश गत पुस १४ गते सरकारको सिफारिशमा राष्ट्रपतिले जारी गरेकि थिइन् ।

यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग(पहिलो संशोधन) अध्यादेश, २०७४ पेश गरे ।

यस्तै ती अध्यादेश गत माघ ५ गते सरकारको सिफारिशमा राष्ट्रपतिले जारी गरेकि थिइन् । राष्ट्रियसभाको अर्को बैठक यही चैत १६ गते बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार