नयाँ वर्षमा ग्राण्ड सेन्टिनियलद्धारा माहालक्ष्मी मन्दिर परिसरमा भोजन

१ बैशाख, काठमाडौं :- लायन्स क्लव अफ काठमाडौं ग्रान्ड सेन्टिनियलले नया वर्षको अवसरमा असाय, मागेर गुजारा चलाउनेहरुलाई भोजन गराएको छ । क्लबले ललितपुर महालक्ष्मी मन्दिर परिसरमा रहेका करिब ६० जना भिखारी, असाहयहरुलाई शनिवार स्वस्थ पुरी तरकारी, सेलरोटी, केरा भोजन गराएको हो ।

क्लवका अध्यक्ष सर्जुवावा श्रेष्ठले आफुहरुको उदेस्यनै दुखी गरिवलाई सेवा गर्ने सोच अनुसार नया वर्षको अवसरमा भोजन गराएको बताउनुभयो । उहाले आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने समेत बताउनुभयो ।

कार्यक्रममा सेन्टिनियलका उपाध्यक्ष विनोद सिटौला, कोषाध्यक्ष केदार कार्की,  सहकोषाध्यक्ष किशोर राणा, समाजसेवी मोदती केसी लगायतको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार