कैलाली । कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा चित्तल मारेर काट्दै गरेको अवस्थामा छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय गोरख सिंहको कुखुरा फार्ममा जंगली जनावर चित्तललाई मारी काटिरहेको अबस्थामा प्रहरीले चित्तलको मासु र काट्न प्रयोग भएको हतियारसहित छ जनालाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ का गोरखबहादुर सिंह, भक्तबहादुर थापा, रनबहादुर थापा, पदम विक, छत्रबहादुर शाही र बाजु चौधरी रहेका छन् ।

375 पटक हेरिएको 

