सचिवालय बैठकमा प्रचण्डको ब्रिफिङ– समान हैसियतमा एकता गर्न सहमति भइसकेकाे छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच समान हैसियतमा पार्टी एकता गर्न दुबै दलबीच समझदारी भइसकेको बताएका छन् ।

बराबरी हैसियतमा एकता गर्नुपर्ने माओृवादी अडानमा एमाले सहमत नहुँदा एकतामा अन्योल बढेका बेला समान हैसियतमा एकता गर्न एमाले सहमत भएको बताएका हुन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालयको बैठकलाई एकताका सन्दर्भमा भएका प्रगतिबारे ब्रिफिङ गर्दै ६०–४० को आधारमा नभई समान हैसियतमा केहि दिनभित्रै एकता हुने बताए । एमालेले जनयुद्ध समेत स्वीकार गर्न तयार भइसकेको भन्दै प्रचण्डले पार्टीको जिम्मेवार भूमिकामा रहेका कुनै पनि नेताहरु एकीकृत पार्टीमा नछुट्टे समेत बताएको बैठकपछि प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

भुसालका अनुसार प्रचण्डले बिहिबार नै एमाले अध्यक्ष केपी ओलीसँग मिल्न बाँकी विषयमा छलफल गर्ने बताउका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार