जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालमा दिइने सुरक्षा अबस्था बुझ्न भन्दै भ्रमणको पूर्वसन्ध्यामा भारतीय वायु सेनाको विमान जनकपुरस्थित विमानस्थलमा ओर्लीएको छ ।
स्रोतका अनुसार मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मीसहित सुरक्षा अधिकारीहरूलाई लिएर भारतीय एयर फोर्सको विमान दिल्लीबाट सिधै जनकपुर आएकाे हो ।
विमानलाई जनकपुर विमानस्थलमै पार्किङ गरेर राखिएको छ । यसअघि पनि मोदीको भ्रमणको तयारीस्वरूप केही दिनपहिले भारतीय हेलिकप्टर जनकपुरको बाह्रबिघामा आएर सुरक्षाका बारेमा भारतीय सुरक्षा जासुसलाई रिर्पोटिगं गरेर फर्किएको थियो ।

500 पटक हेरिएको 

