सरकारले दियो तिलगंगा अाँखा अस्पताललार्इ १० कराेड

काठमाडौँ । सरकारले तीलगंगा आँखा प्रतिष्ठानलाई १० करोड रूपैयाँ अनुदान उपलब्ध गराएको छ ।

मोतियाबिन्दुको शल्यक्रियापछि राखिने इन्ट्रअकुलर लेन्स उत्पादन क्षमता अभिवृद्धि गर्न सरकारले अनुदान उपलब्ध गराएको हो ।

उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रमुख डा सन्दुक रुइतलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानबाट उत्पादन भएका चार प्रकारका लेन्स चार लाखदेखि पाँच लाखसम्म उत्पादन हुँदै आएको छ । उत्पादित लेन्सलाई विश्वको ३५ देशमा निर्यात गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार