भारतीय प्रधानमन्त्री माेदी जनकपुरमा, जानकी मन्दिरमा गरे पूजा (लाइभ)

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा आज नेपाल आउनुभएको छ । प्रधानमन्त्री मोदीसहितको टोली नेपाल आएको हो । माेदीसहितकाे टाेलीलार्इ रक्षामन्त्री र्इश्वर पाेखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्रीले स्वागत गर्नुभयाे ।

प्रधानमन्त्री मोदीले केहीबेरमा जानकी मन्दिरमा पूजा पाठ गर्नुहुनेछ । त्यस्तै आजै बाह्रबिघा मैदानमा नागरिक अभिनन्दनको कार्यक्रम पनि राखिएको छ । भारतको प्रधानमन्त्री बनेपछि मोदी तेस्रो पटक नेपालको भ्रमणमा अाउनुभएकाे हाे ।

यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ । नेपाल आउनु अघि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीट मार्फत नेपाल सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माणको परिकल्पना साकार पार्न सबल साझेदार हुने उत्कृट अभिलाषा रहेको वक्त गर्नुभएको छ ।

त्यस्तै उहाँले नेपालसँगको सम्बन्धलाई भारतले उच्च महत्व दिएको प्रष्ट्याउँदै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन समकक्षी ओलीसँग सघन वार्ता गर्ने समेत बताउनुभएको छ । मोदीको भ्रमणलाई लिएर जनकपुरको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार