काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् ।
साढे ११ बजे मन्दिर पुगेका माेदीले आधा घन्टाभन्दा बढी समय पूजा गरेका थिए । पशुपतिनाथ मन्दिरमा मोदीलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीले स्वागत गरेका थिए ।

आज बिहान काठमाडौंबाट उनी मुक्तिनाथ गएका माेदी त्यहाँबाट फर्केपछि पशुपति पुगेका हुन् ।

484 पटक हेरिएको 

