१६ असार, दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसका उम्मेदवार हंसराज भट्ट ४ हजार ४३ मत प्राप्त गरी मेयरमा विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरसिंह चैसिरले ३ हजार ५ सय ८८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपमेयरमा पनि कांग्रेसकै सुना बोहोरा ४ हजार १ सय ३२ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी दुर्गा धामीले ३ हजार ३ सय ४४ मत प्राप्त गरेकी छन् ।

523 पटक हेरिएको 

