खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा एमालेको बर्चश्व

१८ असार,खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका नेकपा एमालेले जितेको छ । कांग्रेसका उम्मेद्वारलाई ६२५ मतले पछि पार्दै एमालेका दिपनारायण रिजाल मेयरमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार रिजालले ५३४३ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजनशेर राईले ४७१८ मत ल्याएका छन् । उपमेयरमा माआवादी केन्द्रका उम्मेद्वारलाई ७४० मतले पछि पार्दै विणादेवी राई विजयी भएकी भएकी छन् । विणादेवीले ५३६७ प्राप्त गरेकी हुन् ।

१५ वडा रहेको रुपाकोट मझुवागढी नगरपालिका ६ वडामा एमाले, ३ वडामा कांग्रेस, ३ वडामा माओबादी केन्द्र, २ वडामा संघीय समाजबादी फोरम र १ वडामा राप्रपाले वडाध्यक्ष जितेको छ ।

वडाको मत परिणामले एमालेले बहुमतले जित हासिल गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार