जाजरकोट, २६ पुस । जाजरकोटमा फैलिएको भाइरल ज्वरोको कारण ज्यान गुमाउनेकाे संख्या १२ पुगेको छ । झन्डै तीन साता अघिदेखि फैलिएकाे भाइरलका कारण मृत्यु हुनेकाे संख्या बढ्दै जान लागेपछि केही विरामीकाे खकार र सिँगान परीक्षणका लागि रोग नियन्त्रण महाशाखा, टेकु, काठमाडौँको प्रयोगशालामा पठाइएको छ ।
भाइरल प्रभावित गाउँमा जिल्ला अस्पतालबाट थप चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाइएको छ । उपचारमा खटिएका स्वास्थ्यकर्मीका अनुसार जिल्लाको दुर्गम तथा विकट जुनीचाँदे गाउँपालिकाको वडा नं २ र ३ मा शुरुमा देखिएको भाइरलको प्रकोप अहिले अन्य क्षेत्रमा पनि सर्दै गएको छ ।
स्वास्थ्यकर्मीका अनुसार अहिलेसम्म ७ सय भन्दा बढीको उपचार गरिसकिएको छ र अझै दुई हजारभन्दा बढी बिरामीको उपचार गर्न बाँकी छ ।

442 पटक हेरिएको 

