किचेन टिप्सः यसरी बचाउनुहोस् खाना पकाउने ग्याँस

हाम्रो भान्सामा हरक्षण प्रयोग हुने ग्याँस बिदेशबाट खपत गर्नुपर्छ । त्यसैले कहिले कहिं ग्याँसको अभाव झेल्नुपर्ने हुन्छ । खल्तीमा पैसा भएर पनि ग्याँस किन्न पाइदैन । त्यसैले सकेसम्म ग्याँसको खपत कम गर्नु राम्रो हो ।

खासगरी खाना पकाइरहेको बेला अनावश्यक ग्याँस खर्च भइरहेको हुन्छ । यसले घरको व्यायभार बढाउने नै भयो । साथै चाडै ग्याँस सकियो भने तनाव पनि झेल्नुपर्छ । यस्तो अवस्थामा कसरी ग्याँसको खपत सहि र उचित ढंगले गर्ने त ? जान्नुपर्छ ।

भनिन्छ, खाना पकाउनु र सहि ढंगले खाना पकाउनु भिन्न भिन्नै कुरा हुन् । यहाँ यस्तो विधी दिइएको छ, जसले चाडै खाना पाक्नेछ । साथै ग्यासको खपत पनि कम हुनेछ ।

१. ग्यास अन गर्नुअघि आफ्नो सबै मेनु तय गर्नुहोस् । कराही वा कुकर प्रयोग गर्ने, सब्जी काट्ने वा तेलको नयाँ प्याकेट खोल्ने ? सबैकुरा ग्यास अन गर्नुभन्दा अघि नै गर्नुहोस् । जब सबै सामग्री तयार हुन्छ, तब मात्र ग्यास अन गर्नुहोस् । यसले ग्यासको बचत त हुन्छ नै, खानेकुरा पनि चाडै पाक्छ ।

२. ग्यास अन गर्नुअघि कराही वा कुकर राम्ररी सफा गरेर सुख्खा हुन दिनुपर्छ । सफा कपडाले भाडाबर्तन सफा गरेपछि ग्यासमा राख्नुहोस् ।

३. खाना पकाएको बेला कराही वा कुकर छोप्न बिसर्नुहुन्न । यसले खाना छिटो पाक्छ र ग्याँस बचत हुन्छ ।

४. सब्जी वा कुनै परिकार बनाएको बेला आवश्यक्ताभन्दा बढी पानी हाल्ने र त्यसलाई फेरी सुकाउने तरिका सहि होइन । यसले तपाईको ग्याँस मात्र खर्च हुँदैन, परिकारको स्वाद पनि मीठो हुँदैन ।

५. सधै ग्याँसको आगो चर्को बनाउनु हुन्न । जब खाना एकपटक उम्लन्छ, त्यसपछि आँच मध्यम बनाउनु होस् ।

६. खाना पकाएको बेला ग्याँस खपत कम होस् भन्ने ठान्नुहुन्छ भने पकाउने भाँडा पनि त्यही अनुसारको छनौट गर्नुहोस् । स्टेनलेस स्टिलको भाँडा चाडै तातो हुन्छ । त्यसमा खाना चाडै पाक्छ ।

७. बर्नरको आकार अनुसार भाँडा निर्धारण गरौ । बर्नर सानो छ भने सानो भाँडा उपयुक्त हुन्छ ।

८. दाल, चामल, गेडागुडी पकाउनुअघि पानीमा भिजाउनु पर्छ । यसले गर्दा खानेकुरा चाडै पाक्छ र ग्याँस बचत हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार