राष्ट्रिय भलिबलः एपिएफ तेस्रो

 16 पटक हेरिएको


साताँै संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले तेस्रो स्थान हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आज भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थानमा पुगेर रु एक लाख प्राप्त ग¥यो ।

खेलमा पहिलो सेट भने पुलिसले जित्यो । पुलिसले एपिएफमाथि २५–१५ ले आफ्नो पक्षमा पा¥यो । त्यसपछिको सबै खेल एपिएफले जित्यो । एपिएफले दोस्रो सेट २५–२० ले जित्यो भने तेस्रो सेट २५–२३ ले विजयी हुनाका साथै चौथो तथा अन्तिम सेट पनि २५–१८ ले जित्यो । सोही प्रतियोगिताको पुरुषतर्फको अन्तिम चरणको खेलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ । उक्त च्याम्पियनशिपको उपाधि विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार