लोक दोहोरी गायिका शर्मिला गुरुड.को पछिल्लो गित मेरो माया छ भने राधा बजारमा आएको छ । संगीत क्षेत्रका अब्बल दुई श्रष्टा नारायण रायमाझि र शर्मिला गुरुड.को स्वरमा सजिएको यो गीतलाई दर्शकले निकै मन पराएका छन् ।
केही समयको अन्तरालपछि आफ्नो दाश्रो एल्बमको रुपमा शर्मिलाले यो गीत बजारमा ल्याउन ल्याएकी हुन् । राधा एल्मबमा समाबेश यो गीत शर्मिलाले आफ्नै जन्मस्थान स्यांजाको सुन्तलाबारी होम स्टे एलादी चार खाल्टेमा लगेर छायांकन गरेकी थिईन् ।
हरेक दिन स्टुडियो र स्टेज कार्यक्रममा व्यस्त रहने शर्मिला गुरुड.ले यसभन्दा अगाडी गहना नामक एल्बम बजारमा ल्याएकी थिईन् । करिब पच्चिस सय नेपाली लोक दोहोरी गितमा स्वर दिएर लाखौ दर्शक श्रोतको मनमा बस्न सफल नेपाली लोक दोहोरी क्षेत्रकी खम्बा बनेर बसेकी शर्मिलाका लाखौ दर्शक श्रोताले यो गितबाट भरपुर मनोरञ्जन लिने निश्चित छ ।
मेरो माया छ भने राधाको भिडियोलाई गायक तथा निर्देशक नारायण रायमाझिले निर्देशन गरेका हुन् भने गितको शब्द तथा संगीत भर्ने काम पनि रायमाझिले नै गरेका हुन् ।
राधा एल्बममा समाबेश अन्य गीत भने बिस्तारै बजारमा ल्याउने तयारी भईरहेको शर्मिलाले बताएकी छिन् ।