आफ्ना पूर्वप्रेमी रणवीर कपुरलाई अहिले ‘असल साथी’ बताउने गर्छिन् कैट्रिना कैफ । उनीहरुले अभिनय गरेको फिल्म जग्गा जासुस अहिले रिलिजको तयारीमा छ ।
यो फिल्मबाट रणवीर निर्मातासमेत बनेका छन् । यसै प्रसंगमा कैट्रिनालाई सोधियो, ‘रणवीर साथीको रुपमा ठिक कि निर्माताको रुपमा ?’
कैट्रिनाले भनिन्, ‘उनी मेरा असल साथी हुन्, तर एक निर्माताका रुपमा उनी एकदम खराब छन् ।’
हुन पनि जग्गा जासुस निर्माण गर्न रणवीरले तीन वर्ष लगाए । निर्माणका क्रममा अनेक उल्झनहरु आएका थिए र फिल्मको रिलिज डेट तीन पटक सारिएको थियो ।
रणवीरले पनि यो स्वीकार गरे कि फिल्ममा नाम मात्रका निर्माता हुन् । आफू अत्यधिक अल्छि भएकाले निर्माताको भूमिकामा खरो उत्रिन नसकेको उनको भनाई छ ।
‘अजब प्रेमकी गजब कहानी’ र ‘राजनीति’ फिल्ममा सँगै काम गर्दा यो जोडी प्रेममा परेको थियो । पाँच वर्षसम्म चलेको उनीहरुको प्रेम २०१६ को सूरुवातमा टुटेको थियो । उनीहरुको प्रेममा आएको दरारले गर्दा पनि जग्गा जासुसको निर्माणमा ढिलाई भएको बताइन्छ ।

3440 पटक हेरिएको 

