आणविक सुरक्षा बारे रुसमा छलफल


रुसको रोसाटोम स्टेट कर्पोरेशनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्र वरपरको वर्तमान आणविक सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको छ ।छलफलका क्रममा दुवै प्रतिनिधिहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ग्रोसीले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्नु भएको छ ।लिखाचेभले जोड दिदै भन्नुभयो- रूसी पक्षले “आईएईए सचिवालयले केन्द्र वरपरको इलाकामा युक्रेनी सशस्त्र बलहरूले आक्रमण रोक्नका लागि विशेष कदम चालेको आभास मिलेको बताउँनु भएको छ ।
उहाँले ग्रोसीलाई आणविक केन्द्रको सुरक्षित सञ्चालन सुनिश्चित गर्नका लागि हाल रुसी पक्षले चालेका विशेष उपायहरूको बारेमा जानकारी गराउँनु भएको थियो । विशेष गरी पानी आपूर्ति “युक्रेनी सशस्त्र सेनाले काखोभका हाइड्रोइलेक्ट्रिक पावर प्लान्टको बाँध नष्ट गरेपछि,” उत्पन्न सङ्कट लगायतका विषयमा छलफल भएको रोसाटोमले बताउँनु भएको छ ।
वार्तामा दुवै पक्षले जुन १५ मा ग्रोसीको प्लान्टको भ्रमणको नतिजाबारे पनि थप छलफल गर्नु भएको छ । आफ्नो भ्रमणको क्रममा ग्रोसीले प्लान्टले सुरक्षित रूपमा सञ्चालन गर्न सक्छ कि सक्दैन भन्ने विषय व्यावहारिक रूपमा प्रमाणित गर्न सक्षम भएको पनि छलफल गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार