अविरल वर्षाका कारण पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरमा बुधबार बिहान निर्माणाधी भूमिगत मार्गको पर्खाल भत्किँदा
कम्तीमा आठ जना मजदुरको मृत्यु हुनको साथै चारजना बेपत्ता भएका छन् । उद्धार सेवाका अधिकारीहरूका अनुसार रावलपिन्डीको गोलराह मोर क्षेत्रमा
निर्माणाधीन भूमिगत मार्गको पर्खालमुनि सुतेका मजदुरमध्ये आठ जनाको शव भेटिएको र अन्य हराएका अन्य चार जनाको खोजी भइरहेको छ ।
दुर्घटनाको जानकारी पाउने वित्तिकै उद्धारकर्मी घटनास्थलमा पुगेर भग्नावशेषबाट आठ जनाको शव निकालिएको थियो ।
मजदुरका शव परीक्षणका निम्ति स्थानीय अस्पतालमा लगिएको उद्धार सेवाका एक अधिकारीले बताएका छन् ।