हनिमुनलाई कसरी रोमाञ्चक र स्मरणिय बनाउने ? यस्तो छ काइदा

बिवाहको ह्याङओभरलाई कसरी हटाउने ? दाम्पत्य जीवनको प्रारम्भ कसरी गर्ने ?

उत्तम विकल्प हो, हनिमुन ।

नवविवाहित जोडीले यतिबेला हनिमुन को योजना बनाएका हुनसक्छन् । हनिमुनले उनीहरुलाई आपसमा भावनात्मक रुपले जोड्ने काम मात्र गर्दैन, एकअर्काको आनीवानी बुझ्ने मौका पनि दिन्छ । यहि बेला हो, पार्टनरको रुची, इच्छा, बानी सबैकुरा बुझ्ने ।

हनिमुनमा विताएका क्षणले दम्पतीलाई जीवनभर रोमाञ्चित बनाइरहन्छ । त्यसैले हनिमुनमा निस्कनुअघि त्यस्तो तयारी गरौ, जसले गर्दा तपाईको यो विशेष क्षण खल्लो नहोस् ।

गन्तव्य छनौट

हनिमुन का लागि उपयुक्त गन्तव्य कहाँ हुनसक्छ, दुबैको सहमतिमा स्थान तय गर्नुहोस् । यसमा एकलौटी सोंच वा योजना लाद्नु हुँदैन । पार्टनरको रुची र भावनालाई पनि समेट्नुपर्छ । अतः यस्तो स्थान उपयोगी हुनसक्छ, जहाँ उन्मुक्त रमाउन सकिन्छ । कुनै भय, लाज हुँदैन ।
उक्त स्थानको हावापानीबारे जानकारी लिनुहोस् । त्यहाँ खान, वस्न कस्तो व्यवस्था छ ? महंगो वा सस्तो के छ ? सबै कुरा बुझ्नुहोस् ।

यातायातको व्यवस्था

उक्त स्थानमा जानका लागि कस्तो सवारी साधन उपयुक्त हुन्छ ? छनौट गर्नुहोस् । के पनि भनिन्छ भने, रमाइलो गन्तव्यमा होइन, यात्रामा हुन्छ । तपाईहरुले यात्राको पनि भरपुर आनन्द उठाउन सक्नुहुनेछ । त्यसैले त्यो यात्रा सुरक्षित, भरपर्दो, आरमदायक, व्यवस्थित हुनुपर्छ, जसले यात्रा अवधीभर रोमाञ्चक अनुभव दिलाओस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार