समाजको कार्यक्रममा बर्दिवासका राजनैतिक दलले गरे प्रतिवद्धता ।

१८, भदौ काठमाडौं ।। विभिन्न राजनैतिक दलका नेताहरुले महोत्तरीको वर्दिवासलाई चौतर्फी विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । गौरीवास काठमाडौ समाजले काठमाडौंमा शनिवार आयोजना गरेको कार्यक्रममा सहभागि भएका स्थानिय नेताहरुले शिक्षा, स्वास्थ्य,  कृषिलाई आधुनिकरण गर्ने विषयमा प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा वर्दिवास नगरपालिका ३ का माओवादी केन्द्रका उमेद्वार राजन ढुंगानाले पछिल्लो समयमा वर्दिवास, तराई र काठमााडौं जोडेने प्रमुख नाकाका रुपमा चिनिएको र त्यहाँ शिक्षा, स्वास्थ्यलाई व्यवस्थित बनाई कुषिलाई आधुनिकरण गरिने उद्घोष गर्नुभयो ।

 

त्यसैगरी काग्रेसका उमेद्वार सिताराम (ईन्द्रप्रसाद )  ढुंग्रेलले वर्दिवास आसपासमा अहिले धेरै जमिन  अ‍ैलानी भएको र त्यसलाई लालपुर्जा वितरण गरिने प्रतिवद्धता जनाउनुभयो ।


पछिल्लो समयमा तिव्र शहरीकरणमा परिणत हु“दै गएको वर्दिवासलाई चौतर्फी विकास गर्ने उदेस्यले आयोजना गरेको कार्यक्रममा एमाले नेता दिलिप थापाले आफु कुषि क्षेत्रबाट राजनैतिमा प्रवेश गरेको र कुषिको कामलाई प्रथामिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा वरिष्ठ चिकित्सक, सुवास घिमिरे, साहित्यकार कालिप्रसाद रिजाल, समाजका अध्यक्ष कुष्ण घिमिरे, सल्लाहाकार रामकुमार घिमिरे लगायत वदिवास ३ का वुद्धिजिवी, यूवा र समाजसेवी लगायतको ठुलो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार