अघिल्लाे वर्षकाे तुलनामा मलेसिया जानेको संख्या बढ्यो

काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार मलेसियापछि दोस्रो नम्बरमा कतार छ । कतारमा यो वर्षमात्र ८१ हजार ३६४ जना गएका छन् ।

आव २०७०/७१ मा मलेसिया जानेको संख्या दुई लाख १४ हजार १४९ थियाे भने आव २०७२/७३ मा ६० हजार ९७९ मात्र थिए । अघिल्लो वर्षको तुलनामा भने यो वर्ष मलेसिया जानेको संख्या बढी हो ।

त्यस्तै २०७०/७१ मा कतार जानेको संख्या एक लाख २८ हजार ८७४ थियो भने आव २०७२/७३ मा एक लाख २९ हजार ३८ पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार