एमाले–माओवादी एकता कार्यदलसहितको संयोजन समितिको बैठक आज

काठमाडौँ । नेकपा एमाले र नेकपा मओवादी केन्द्रको पार्टी एकताले नयाँ मोड लिने भएको छ । पाटी एकता लागि गठित संयोजन समितिको बैठक आज बोलाइएकोे छ ।

दुबै कार्यदलसहितको पार्टी एकता संयोजन समितिमा प्रतिवेदन हस्तान्तरण हुने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए । रिजालका अनुसार दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ ।

बैठकमा दुबै कार्यदलले बिफ्रिङसहित आफ्नो प्रतिवेदन एकता संयोजन समितिलाई हस्तान्तरण गर्नेछ । कार्यदलमा रहेका धेरै नेता मन्त्री भएपछि तोकिएको समय भन्दा निकै ढिला गरी प्रतिवेदन तयार भएको हो ।

एमाले र माओवादीकाबीच ढिलोमा वैशाख ९ गते लेनिन जयन्तीका अवसर पारेर पार्टी एकता गर्ने सहमति यसअघि नै भैसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार