काठमाडौं । कोटेश्वर पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस नचलाएपछि सरकारले अन्य व्यवसायी तथा कम्पनीलाई काठमाडाैंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ ।
यातायात व्यवस्था विभागले धुलिखेलसम्म चलाउन इच्छुकलाई बुधबार नै सबै प्रक्रिया पुरा गरेर रुट दिने गरी आह्वान गरेको हो ।
मयुर यातायातले काठमाडौं-बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि ११ वटा समितिले ग्रामीण र शहरी दुवै भेगका बस चलाउन छाडेपनि मध्यपुर यातायातले भने सेवा दिइरहेको छ ।
‘जो आएपनि आजै रुट इजाजत दिन्छौं । ब्यवसायीको इच्छाअनुरुप अस्थायी या स्थायी दुबै इजाजत दिने निर्णय भयो,’ विभागका महानिर्देशक रुपनारायाण भट्टराईले भने,’धुलिखेलसम्म बस चलाउन चाहानेले आजै इजाजत पाउँछन् । सरकारले सो रुटमा चल्ने बसलाई सुरक्षा पनि दिन्छ ।’

354 पटक हेरिएको 

