एमाले–माओवादीबीच सहमति हुन सकेन

काठमाडौं । पार्टी एकताका विषयमा छलफल गर्न बसेकाे एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक विनानिश्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको बैठकमा विवादित तीनवटा विषयमा कुनै छलफल नै नगरी सकिएको हो ।

नेताहरुबीच सहमति नभएका विषयमा प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट स्वदेश फर्किएपछि मात्रै छलफल गरेर टुङग्याउने भएकाे हाे ।

बैठकपछि प्रतिकृया दिँदै नेता श्रेष्ठले भने ‘ पार्टी एकता घोषणा बैशाख ९ मा गर्ने सहमति भयो, एकता घोषणासभाका लागि त्यसअघि देशभर प्रचारप्रसार गर्ने निर्णय भयो ।’

प्रधानमन्त्रीको भारत भ्रमणअघि नै विवादित विषयमा सहमति खोज्ने नेताहरुले बताउदै आएका थिए । प्रधानमन्त्री केपी ओली शुक्रबामर तीन दिने भारत भ्रमणमा जादैछन् । उनी २५ गते मात्र स्वदेश फर्कने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार