मलेसियाको जन उद्धार केन्द्रले साहसी काम l जेलमा परेका ६ नेपालीलाई गर्यो उद्धार

 

२५ भदौ, काठमाडौं । मलेसियामा गैरकानुनी रुपमा वसोवास गरी वन्दी जीवन विताएका ५ नेपाली विहीवार काठमाडौ आईपुगेका छन् । उनीहरु हिमालयन ऐयरलाईन्सबाट वेलुका ७ वजे काठमाडौ आईपुगेका हुन् । मलेसियामा लामो समय वन्दी जिवन विताएर फर्केका उनीहरुलाई पेनाङ स्थित जनउद्धार केन्द्रले उद्धार गरी नेपाल पठाइको हो ।

नेपाल फर्केनेमा सिन्धुपाल्चोकका विष्णु तिमिल्सेना सुमन श्रेष्ठ, वुटवलका, प्रकाश श्रेष्ठ, ताप्लेजुका देव प्रकाश थेवे र पाचथरका सुवास नेम्वाङ छन् । त्यसैगरी, मलेसियामा लामो समय विरामी परेर थला परेका रामेछापका राजेन्द्र बहादुर कार्की पनि उनीहरु संगै काठमाडौमा आईपुगेका छन् । उनीहरुले उद्धार गरी नेपाल पठाएकोमा पेनाङ स्थित जनउद्धार केन्द्र र नेपाली दुतावासलाई धन्यवाद दिए ।

 

उनीहरुले मलेसियाको जेलमा धेरै नेपाली रहेको भन्दै उनीहरुको अवस्था दर्दानाक भएको समेत बताए । पछिल्लो सयममा विदेशमा जेल पर्ने नेपालीको संख्या वढ्दो क्रममा छ । आगामी दिनमा पनि संस्थाले गैराकानुीनी रुपमा वसेका नेपालीलाई उद्धार गरी पठाउने कार्यमा निरन्तर लागिरहने जन उद्धार केन्द्रका अध्यक्ष केशु थापाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार