काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता शुरुभएको छ ।
दुई अध्यक्षबीच पार्टी एकतामा केन्द्रित वार्ता शुरुभएको हो । एमाले र माओवादी केन्द्रले कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन बैशाख ९ गते एकता घोषणा गर्ने पूर्वप्रतिबद्धता सार्वजनिक गरिसकेका छन् ।
पार्टी एकताका लागि बनेका कार्यदलले आफ्ना प्रतिवेदन पार्टी एकता संयोजन समितिको बैठकलाई बुझाइसकेका छन् । संयोजन समितिले पनि बैशाख ९ मा एकताको तयारी गर्न निर्देशन दिइसकेको छ । दुई पार्टीबीच सांगठनिक व्यवस्थापन र जनयुद्ध शब्दलाई प्रस्तावनामा राख्ने कि नराख्ने भन्ने निर्णय भइसकेको छैन ।

304 पटक हेरिएको 

