सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाको कल्याणपुरमा अति पीछडिएको दलित समुदायका दुई जना वालवालिकालाई विद्यालयमा भर्ना गराएका छन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित सिरहा पुगेका प्रधानमन्त्री ओलीले स्थानीय रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक (डोम) लाई निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत रामदुलारी माविमा भर्ना गराएका हुन् ।
प्रधानमन्त्री ओलीले भर्ना अभियानमा सहभागी भई निरक्षरता उन्मूलनमा आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन अपिल गरेका छन् ।

416 पटक हेरिएको 

