चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैशाख ९ गते हुने भनिएको एकता तत्कालका लागि टरेकाे बताएका छन् ।
बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले केही मुख्य विषय टुंग्याउन बाँकी रहेका कारण बैशाख ९ गते एकता घोषणा हुन नसक्ने बताए । तर बैशाखभित्रै पार्टी एकता गर्ने गृहकार्य भइरहेकाे दाहालकाे भनाइ छ ।
जनयुद्ध, चुनाव चिह्न र एकताको मोडालिटी अर्थात केन्द्रीय समिति, प्रादेशिक समितिको गठन विधिका विषय नटुंगिएको अध्यक्ष दाहालले बताए ।

300 पटक हेरिएको 

